पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान शुरू
चैत १८, २०८१ सोमबार
रसुवा – जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला सोमबारदेखि सुरु भएको छ । मेला भर्नका लागि तीर्थयात्री आउने क्रम सुरु भएको गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले जनाएको छ ।
यसपटक सडक खण्ड अवरुद्ध नभएको, पदमार्ग सुरक्षित भएको र कम वर्षा भएका कारण करिब १५ हजार तीर्थयात्री आउने अनुमान गरिएको छ । गएको वर्ष करिब १७ हजार तीर्थयात्रीले मेला भरेका थिए ।
धुन्चे–गोसाइँकुण्ड पदमार्गबाट १४ हजार र काठमाण्डौ–सुन्दरीजल/हेलम्बु–ठाडेपाटीबाट तीन हजार तीर्थयात्री आएका समितिले जनाएको छ । अनुमानको भरमा तीर्थयात्री आएको बताइँदै आए पनि गएको वर्षदेखि नेपाली सेनाले तथ्याङ्क लिन थालेको छ ।
मेलाको सम्पूर्ण तयारी पूरा भएको समितिका अध्यक्ष सन्जीव डीएमले बताउनुभयो । उहाँका अनुसार पदमार्गको मर्मत, सरसफाइ गर्ने तथा झाडी फडानी गर्ने कार्य गरिएको छ । धुन्चे गोसाइँकुण्ड पदमार्गको घट्टेखोलादेखि गोसाइँकुण्डसम्म २० वटा अस्थायी शौचालय निर्माण गरिँदै छ ।
व्यवसायीले अस्थायी थर्पुको निर्माण कार्य गरिरहेका छन् । पौराणिक कथन अनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालयखण्डको काखमा आएर भगवान शिवले आफ्नो हातमा भएको त्रिशुलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशूलधाराको उत्पति भएको र त्रिशुलधाराको पानीबाट गोसाइँकुण्डको उत्पति भएको भन्ने किंवदन्ती रहेको पाइन्छ ।
जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा र गंगादशहरा गरी वर्षको २ पटक तीर्थयात्रीहरुले मेला भर्ने गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।