मनसुनी न्यूनचापीय रेखा नेपालतर्फ सर्‍यो, मेघगर्जनसहित पानी पर्ने सम्भावना

 साउन २०, २०७६ सोमबार ८:५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मनसुनी न्यूनचापीय रेखा (मनसुनी समयमा वर्षा गराउने प्रणाली) नेपालतर्फ सरेकाले अब केही दिन मनसुन सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अबको तीनदिनसम्म देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुनी न्युनचापीय रेखा औसतको ठाउँभन्दा केही उत्तरतर्फ (नेपालतर्फ) सरेकाले अबको तीन दिन पानी पर्ने सम्भावना भएको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । 

सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने र धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद बासीले जानकारी दिनुभयो । साथै पूर्व र पश्चिमका केही भूभागमा भारी वर्षाको सम्भावना रहेको पनि उहाँले बताउनुभयो । 

सोमबार राति पनि देशभर सामान्य बदली रहने र देशको पश्चिमी, मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, मंगलबार र बुधबार पनि देशका धेरैजसो ठाउँमा बदली हुने र केही ठाउँमा भारी वर्षा हुने महाशाको पूर्वानुमान रहेको छ । देशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । 

अन्तिम अपडेट: असोज २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया