१ गाेलकाे अग्रता जाेगाउन नसक्दा राेहित चन्दकाे टिम पर्सिजा भय‌ंकरसँग बराबरीमा राेकियाे

 साउन २५, २०७६ शनिबार १९:१७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

इण्डोनेसियाको शीर्ष डिभिजन लिग 'लिग वान' मा रोहित चन्दको टिम पर्सिजा भयंकरसँग बराबरीमा रोकिएको छ ।

प्याट्रिअट स्टेडियममा भएको खेलमा पर्सिजाले एक गोलको अग्रता जोगाउन सकेन । २८ औंँ मिनेटमा क्रोएसियाडी फरवार्ड मार्को सिमिचले गोल गर्दै पर्सिजालाई अग्रता दिलाएका थिए ।

तर खेलको ४१ औं मिनेटमा भयंकरका लागि एन्डरसन साल्लेसले गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

दोस्रो हाफमा कुनै गोल हुन नसकेपछि दुवै टिमले १-१ अंक बाँढेका छन् । भयंकर १२ खेलबाट १७ अंकसहित सातौं स्थानमा छ भने पर्सिजा सात खेलबाट ८ अंक बनाउँदै १७ औं स्थानमा छ ।

इण्डोनेसियाको लिगमा जम्मा १८ वटा टिम छन् । पर्सिजा पुछारबाट दोस्रो स्थानमा छ । आजको खेलमा रोहित चन्द पूरै समय मैदानमा थिए ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया