त्रिशूली बस दुर्घटना: ज्यान गुमाउनेहरुमध्ये आठ जनाको परिचय खुल्याे

 साउन २५, २०७६ शनिबार २०:३९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - धादिङकाे बेनिघाट राेराङ गाउँपालिका सलाङघाट नजिकै त्रिशूलीमा बस खस्दा ज्यान गुमाउनेहरुमध्ये आठ जनाको परिचय खुलेको छ ।

भारत सितामढी बस्ने वर्ष ३० को अजय ठाकुर, सर्लाहीका २५ वर्षका विजय कुर्मी, सर्लाहीको मलंगवा १ का सुनिल कुमार श्रीवास्तव र उनकी श्रीमती ३५ वर्षकी निमा श्रीवास्तव, मलंगवा नगरपालिका ६ का ५५ वर्षका जगरनाथ राय यादव, सर्लाहीको हरिवनका ४६ वर्षका बिनोदप्रसाद उप्रेती, महोत्तरीको बर्दिबास नगरपालिका ६ का २५ वर्षकी सरीताकुमारी महताे र उनका ६ वर्षका छोरा आशिषकुमार साह तथा भारतका अजय ठाकुर रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

शव फेला परेकामध्ये एक महिलाको परिचय भने खुल्न बाँकी रहेको धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारले उज्यालोलाई जानकारी दिनुभयो ।

दुर्घटनामा परेर हराइरहेकाको शनिबार पनि दिनभर खोजी गरिएको थियो । धादिङ, गोरखा, चितवन र नवलपरासीका सम्भावित ठाउँमा सेना, प्रहरी, स्थानीय बासिन्दा र गोताखोर सहितको टोलीले दिनभर नै खोजी गरेपनि कसैलाई नभेटाएको एसपी बैदवारले जानकारी दिनुभयो । 

 

अन्तिम अपडेट: कात्तिक ९, २०७६

तपाईको प्रतिक्रिया