बकर इदमा नेपालगञ्जमा सामूहिक नमाज

 साउन २७, २०७६ सोमबार ११:४२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके - मुस्लिम धर्मावलम्बीहरुको पर्व बकरईदको अवसरमा सोमबार नेपालगञ्जको विपी चोकमा रहेको ईदगाहमा मुस्लिम समुदायले सामूहिक नमाज पढेका छन् ।

नमाज पढेपछि एकआपसमा गला मिलाएर बकराईदको शुभकामना आदान प्रदान गर्दै याे पर्व मनाइरहेका छन् । सामूहिक नमाजमा सहभागि हुनुभएका शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले सामाजिक र धार्मिक सद्भावको नमुना नेपालगञ्जबाट विश्वले सिक्नुपर्ने बताउनुभयो ।

मुस्लिम समुदायलाई बकर ईदको शुभकामना दिन नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा.धवलशम्शेर राणा लगायत बिभिन्न राजनीतिक दलका नेता कार्यकर्ता विपी चाेकमा पुगेका थिए ।  

यो पर्व मुस्लिम समुदायले तीन दिनसम्म धुमधामसँग मनाउँछन् ।  

अन्तिम अपडेट: चैत ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया