जुवा खेल्ने ४० जना पाेखराबाट पक्राउ

 साउन २७, २०७६ सोमबार १२:१७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – कास्की प्रहरीले जुवा तास नियन्त्रणको अभियान थालेको छ । प्रहरीले दुई दिनमा जुवा खेल्ने ४० जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट जुवा खेल्न राखिएको २ लाख ५८ हजार रुपैयाँ पनि बरामद गरिएको प्रहरीले जनाएको छ । 

पोखराका विभिन्न ठाउँमा जुवा खेल्ने खेलाउने काम भइरहेकाले प्रहरी परिचालन गरेर नियन्त्रण थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिनुभयो । 

प्रहरीले शनिबार १५ जनालाई पक्राउ गर्नुका साथै जुवा खेल्न प्रयोग गरिएको १ लाख ८३ हजार रुपैयाँसमेत जफत गरेको थियो । यस्तै आइतबार २५ जना पक्राउ परेको र उनीहरुको साथबाट ९३ हजार रुपैयाँ पनि बरामद गरिएको प्रहरी निरीक्षक सुवेदीले बताउनुभयो । 

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर थप कारवाही अघि बढाइएको उहाँले बताउनुभयो ।   
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया