नागढुंगाबाट कलंकीसम्मको सडक हरियाली बनाइने

 साउन २७, २०७६ सोमबार १४:५६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले राजधानी भित्रने प्रमुख नाका नागढुंगाबाट कलंकीसम्मको सडक किनारा हरियाली बनाउने कामको थालनी गरेको छ । 

वन तथा वातावरण मन्त्रालयले सडक विस्तार कार्य सम्पन्न भएको स्थानमा सडकको बीच भागमा रहेको डिभाइडरमा वृक्षारोपण अभियान सुरु गरेको हो । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नागढुंगामा कपुरको बिरुवा रोपेर अभियानको विधिवत् थालनी गर्नु भएकाे हाे ।  

नागढुंगाबाट थानकोटसम्मको तीन किलोमिटर सडकको निर्माण कार्य सम्पन्न भएकाले ती ठाउँमा वृक्षारोपण गर्न लागिएको वन विभागका महानिर्देशक एवं सहसचिव डा. रामप्रसाद लम्सालले जानकारी दिनुभयो । लम्सालले विस्तार जारी रहेका सडकको काम सकिएपछि क्रमशः कलंकीसम्मै वृक्षारोपण गरिने जानकारी दिनुभयो । 

यसअघि मन्त्रालयले कोटेश्वर–कलंकी सडकखण्डमा बृहत् वृक्षारोपण गरिसकेको छ ।  मन्त्रालयले देशभर पाँच करोड वृक्षारोपण गर्ने योजना अनुसार अभियान सञ्चालन गरेको छ । 

अन्तिम अपडेट: चैत १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया