कृषि मन्त्री खनालको दुखेसो : कृषिको अवस्था राजाको पालामा भन्दा पनि बिग्रियो

 साउन २७, २०७६ सोमबार १२:५२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल (वलदेव)ले नेपालको कृषि उत्पादनको अवस्था अत्यन्तै बिग्रिएको बताउनुभएको छ । काठमाडौंमा सुरु भएको एशियन कृषि सम्मेलन तथा पदर्शनीमा कृषि तथा पशुपन्छी विकास मन्त्री खनालले दलका नेताहरुले नेतृत्व गरेपछि नेपालको कृषि क्षेत्रको अवस्था राजाको पालामा भन्दा पनि खत्तम भएको बताउनुभएको हो । 

‘यसो भन्दा कसैलाई चित्त दुख्ला तर दलका नेताले नेतृत्व गरे पछि नेपालको कृषि राजाको पालाको भन्दा बिग्रेको छ, त्यसको कारण के हो ? यो सबैको दायित्व सरकारले लिनु पर्छ ।’ मन्त्री खनालले भन्नुभयो । 

उहाँले अहिले पनि नेपालको कृषिले युवाहरूलाई आकर्षित गर्न नसकेको बताउँदै युवालाई कृषिमा तान्ने र राज्यप्रती जिम्मेवार बनाउनुपर्ने बताउनुभयो । उहाँले कृषि कर्म गर्नको लागि युवालाई अनुदान र सहुलियतको ऋण दिने व्यवस्थालाई थप कडाई गर्ने पनि जानकारी दिनुभयो । 

यस्तै भारतबाट आउने तरकारीको बिषादी जाँच फिर्ता लिएको भन्ने कुरामा सत्यता नभएको भन्दै मन्त्री खनालले हरेक नाकामा सबै ट्रक जाँच गर्ने कुरा बैज्ञानिक नहुने पनि स्पष्ट पार्नुभयो । नाकामा रहेका ल्यावले जम्मा २ वटा समुहको बिषादी मात्रै जाँच गर्ने र तिनको क्षमता बढानुपर्ने पनि उहाँले बताउनुभयो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नम्बर ३ को सहकार्यमा भएको कार्यक्रम मंगलबारसम्म चल्नेछ । समिटमा हामी सक्छौं कृषि गीति नाटक, सांस्कृतिक कार्यक्रम, कृषि योगा तथा मोटिभेशनल सत्र लगायतका थप कार्यक्रमहरु पनि रहेका छन । साथै, नेपाल कृषि घोषणा पत्र पनि जारी गरिनेछ ।
 

अन्तिम अपडेट: चैत ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया