एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिता फागुनमा

 साउन २७, २०७६ सोमबार १७:२८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता फागुनमा हुने भएको छ । फागुन १७ गतेदेखि चैत १ (फेब्रुअरी २९ देखि मार्च १४) गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । 

ईपीएलका प्रबन्ध निर्देशक अमिर अख्तरले प्रतियोगिताका लागि आईसीसीबाट स्वीकृति प्राप्त भएको जानकारी दिनुभयो । प्रबन्ध निर्देशक अख्तरले आउँदो संस्करणको ईपीएलमा टेस्ट खेल्ने राष्ट्रबाट 'आइकोनिक प्लेयर' राख्ने बताउनु भयो । 

प्रतियोगिता विगतको भन्दा पनि भव्य बनाउने गरी तयारी गरिरहेको उहाँले जानकारी दिनु भयो । गएको संस्करणको ईपीएलमा ६ ओटा टिमले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितबारे थप जानकारी चाँडै गराउने प्रबन्ध निर्देशक अख्तरले जानकारी दिनु भयो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया