क्यानडामा मध्यावधि चुनाव घोषणा
चैत ११, २०८१ सोमबार
काठमाण्डौ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले मिडिया काउन्सिललगायतका विवादित विधेयकहरु सरोकारवाला निकायसँग सहमति गरेर मात्रै अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
विवादित विधेयक सरकार आफू एक्लैले पास गरेर अघि बढ्ने पक्षमा नरहेको मन्त्री पुनले स्पष्ट पार्नुभयो । ‘सरोकारवाला निकायसँग छलफल हुन्छ’, मन्त्री पुनले भन्नुभयो, ‘सरोकारवाला निकायसँगको सहमतिपछि मात्रै ती विधेयकलाई अघि बढाउन सरकार तयार छ ।’
नेपाल आदिवासी जनजाति पत्रकार महसंघ (फोनिज) को २० औं स्थापना दिवसको अवसरमा सोमबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकार समावेशी लोकतन्त्रको मूल्य र मान्यता अनुसार सबैको मत लिएर अघि बढ्न लागि परेको बताउनु भयो ।
मन्त्री पुनले पुरानै राजनीतिक प्रणालीको अवशेष अझै पनि बाँकी रहेको हुन सक्ने भए पनि सरकार नयाँ राजनीतिक ढाँचा अनुसार अघि बढ्न प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो ।
उहाँले संविधानले समावेशीतालाई जोड दिएको उल्लेख गर्दै सरकार त्यही मान्यता अनुसार अघि बढिरहेको पनि दाबी गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।