साैर्य बत्ती बाल्दै ‘उज्यालाे भक्तपुर अभियान’को शुभारम्भ

 साउन २८, २०७६ मंगलबार ७:५०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योग मन्त्री महेश बस्नतेले साेमबार उज्यालो भक्तपुर अभियानको शुभारम्भ गर्नुभएको छ ।

सोमबार राति आठ बजे सूर्यविनायक नगरपालिका-७ को गुण्डु चोकबाट खहरेसम्मको २ किलोमिटर दुरीको मुख्य सडकमा जडान गरिएको ३० वटा सोलार बत्ती एकैपटक बालेर उहाँले अभियानको शुभारम्भ गर्नुभएको हो । अभियानको उद्घाटन गर्दै उहाँले नेपालमा सम्पन्न भएको लगानी सम्मेलनका बेला चिनियाँ कम्पनीसँग आफूले गरेको अनौपचारिक सम्वादले औपचारिक स्वरुप लिँदा भक्तपुरलाई उज्यालो बनाउने अभियानको सुरुवात भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘विगतमा धेरै वर्षदेखि लोडसेडिङ लगायतका विभिन्न कारणले अँध्यारोमा बस्न बाध्य यहाँका बासिन्दाले लागि अब सधैं तिहारको दिपावली जस्तो उज्यालो ‍पाएका छन्, प्रधानमन्त्री रोजगार कार्यक्रममा एक महिनासम्म लाग्नुभएको युवाहरुले स्वयंसेवी रुपमा बत्ती जडान कार्यमा सहयोग पुर्याएको धन्यवाद भन्न चाहन्छु ।’

भक्तपुरलाई ग्रीन सिटीको रुपमा विकास गर्दै हरियालीयुक्त सहर बनाउने उद्देश्यले कौशलटारबाट सिरुटारसम्मको सडकमा हरियाली सडक अभियान सुरु भएर विरुवा रोपेको बताउँदै उहाँले उज्यालो अभियान र हरियाली अभियान जिल्लाभरी बिस्तार गर्ने भनाइ राख्नुभयो । 

चिनियाँ कम्पनी ग्यान्सू नेचूरल इनर्जी रिसर्च इन्स्टिच्यूटकाे २५ लाख रुपैयाँको लगानीमा सडकमा सौर्य बत्ती जडान गरिएको हाे । 
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया