बिग ब्याश लिग डिसेम्बरदेखि: सेन्सरयुक्त ब्याटसँगै ‘माइक्राेचिप’ भएकाे बल प्रयाेग गरिने

 साउन २८, २०७६ मंगलबार ८:२१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

अस्ट्रेलियाको घरेलु लिग बिग ब्याश आउँदाे १४ डिसेम्बरदेखि सुरु हुने भएको छ ।

क्रिकेटमा भित्रिएको नयाँ प्रविधिका कारण यसपटक बिग ब्याश लिगको चर्चा अझ बढी हुनेछ । सेन्सर जोडिएको ब्याटको प्रयोग भइसकेको अब टी २० क्रिकेटमा अबकाे बिग ब्याश लिगबाट बलमा समेत ‘माइक्रोचिप’ जडान गरिने भएकाे छ ।

अस्ट्रेलिया क्रिकेटका लागि बल बनाउने कम्पनीले सेन्सर जडान गरिएको बल बनाउने काम अन्तिम चरणमा पुगेको जनाएको छ । यस्तो बलले बलरको गति, प्रि -बाउन्स र पोस्ट बाउन्स लगायतका कुराहरु थाहा पाउन सजिलो हुने तथा म्याच रेफ्रीलाई पनि सही निर्णय लिनमा सहयाेग पुग्ने विश्वास गरिएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया