सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन

 साउन २८, २०७६ मंगलबार ११:५०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालका क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।

क्यारेबियन प्रिमियर लिग सीपीएल खेल्न अमेरिका जानका लागि सन्दीपले मंगलबार काठमाण्डौमा रहेको अमेरिकी दूतावासमा भिसाका लागि अन्तर्वार्ता दिएकोमा दूतावासले भिसा दिन अस्वीकार गरेको हो ।

सन्दीपले सबै कागजात समावेश गरे पनि आफूलाई भिसा नदिएकोमा चकित भएको उल्लेख गरेका छन् । भिसा नपाएपछि आफूलाई सीपीएल खेल्न जान समस्या भएको पनि बताएका छन् । सन्दीपले सीपीएलको अघिल्लो संस्करण पनि खेलेका थिए । 


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया