बालुवाटारमा मन्त्री पण्डित र लाेक सेवाका अध्यक्ष मैनालीविरुद्ध नाराबाजी

 साउन २८, २०७६ मंगलबार १७:२०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विभिन्न जनजातिसँग सम्बन्धित संघ संस्थाहरुले आरक्षणको कार्यान्वयन गर्न माग गर्दै मंगलबार बालुवाटारमा विरोध प्रदर्शन गरेका छन् । 

संविधानले नै समानुपातिक समावेशी सिद्धान्त सुनिश्चिता गरेको सन्दर्भमा राज्यले त्यसलाई बेवास्ता गरेको भन्दै उनीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरीत लोकसेवा आयोगले विज्ञापन आह्वान गरेको भन्दै उनीहरुले मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले संविधान मिच्न पाइँदैन, महिला आरक्षण सुनिश्चित गर, लोकसेवा आयोगको असमान विज्ञापन खारेज गर भन्दै नाराबाजी गरेका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीविरुद्ध नारावाजी गरेका प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि सुरक्षाकर्मीसँग सामान्य झडप समेत भएको थियो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया