निर्मला हत्या प्रकरण : गृहमन्त्रीले दिएकाे अभिव्यक्तिलाई लिएर कांग्रेस सांसदकाे आपत्ति

 साउन २८, २०७६ मंगलबार १८:४६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै निर्मला पन्त घटनाको बारेमा गृह मन्त्री रामबहादुर थापाले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएकाे छ ।  

गृहमन्त्री थापाले ‘निर्मला प्रकरण हिजो पनि भएका थिए, आज पनि छ र भोलि पनि केही समय रहन्छ’ भनेर घटनालाई हल्का रुपमा प्रस्तुत गरेको भन्दै सांसद कँडेलले ‘के तपाईँको परिवारमा पनि निर्मला पन्त जस्तै घटना भएको भए त्यही अभिव्यक्ति हुने थियो ?’ भनेर प्रश्न गर्नुभयो ।

निर्मला पन्त प्रकरणलाई विक्रम संवत २०३८ सालमा पोखरामा भएको नमिता–सुनिता प्रकरणसँग तुलना गर्दै उहाँले विगतमा श्रीपेचको आडमा र अहिले बिना श्रीपेचका सिंहदरबारका जनप्रतिनिधिबाट घटना भएको दाबी गर्नुभयो ।

कँडेलको अभिव्यक्तिमा नेकपाका सचेतक शान्ता चौधरीले नियमापत्ति गरेपछि नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले सांसद बोलिरहेको अवस्थामा उठेर बोल्ने कुन नियममा छ भन्दै दोहोराे बाजाबाज गराउन नपाइने भन्दै सभामुखको ध्यानाकर्षण गराउनु भएको थियो । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया