वैदेशिक अनुदानमा सरकारलाई धक्का, अघिल्लो वर्षभन्दा ८ प्रतिशत कम

 साउन २८, २०७६ मंगलबार २०:९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गएको आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७५/७६ मा लक्ष्य अनुसार वैदेशिक अनुदान जुटाउन सरकार असफल भएको छ ।

गएको आर्थिक वर्षको बजेटमा सरकारले  ५८ अर्ब ८१ करोड ५५ लाख रुपैयाँ वैदेशिक अनुदान ल्याउने लक्ष्य राखेको थियो । तर गत वर्ष जम्मा ३३ अर्ब ४३ करोड रुपैयाँ अनुदान सहायता आएको अर्थ मन्त्रालयले जनाएको छ ।

यस्तै ऋण २ खर्ब २ अर्ब ५३ करोड रुपैयाँ वैदेशिक ऋण ल्याउने लक्ष्य राखेको सरकारले १ खर्ब ४ अर्ब ८३ करोड रुपैयाँ ऋण ल्याएको छ ।  यो रकम आर्थिक वर्ष २०७४/७५ को भन्दा ८ दशमलव १ प्रतिशतले कमी हो । आर्थिक वर्ष २०७४/७५ मा सरकारले अनुदान र ऋण गरेर १ खर्ब ५० अर्ब ४९ करोड रुपैयाँ ल्याएको थियो । 

आर्थिक वृद्धि ७ प्रतिशत

अर्थ मन्त्रालयले गएको आर्थिक वर्षमा ७ दशमलव शून्य ५ प्रतिशत आर्थिक वृृद्धिदर हासिल भएको जनाएको छ । कृषि उत्पादन बढेको, बजेट खर्च बृद्धि भएको र विकास निर्माणले तीव्र रुप लिएकाले आर्थिक वृद्धिदर बढ्दै गएको मन्त्रालयले जनाएको छ ।

पछिल्ला ३  वटा  आर्थिक वर्षमा सरकारले लगातार ६ प्रतिशत भन्दा धेरैको आर्थिक वृद्धिदर हासिल गर्दै गएको छ ।  २०७३/७४ को आर्थिक वृद्धिदर ७ दशमलव ७४ प्रतिशत रहेको  थियो भने २०७४/७५ को आर्थिक वृद्धिदर ६ दशमलव ३ प्रतिशत थियो । २०७५/७६ मा पनि ७ दशमलव शून्य ५ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रारम्भिक अनुमान गरिएको अर्थ मन्त्रालयले गरेको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया