प्रदेशमन्त्री खत्रीलाई तीन दिनभित्र पेश गर्न उच्च अदालतको आदेश

 साउन २९, २०७६ बुधबार ७:२२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पाटन उच्च अदालतले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्रीलाई तीन दिनभित्र अदालतमा पेश गर्न आदेश दिएको छ ।

कृषि विकास बैंकले दायर गरेको बैंकिङ कसूरसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका खत्रीलाई तीन दिनभित्र अदालतमा पेश गर्न उच्च अदालतले सरकारी वकिल कार्यालयमार्फत प्रहरीलाई आदेश दिएको छ ।

मन्त्री खत्रीसँगै राजुप्रसाद श्रेष्ठलाई पनि अदालतमा उपस्थित गराउन भनिएको छ । मन्त्री खत्रीसहित ५ जनाले १ करोड ८० लाख ८० हजार रकमको किर्ते बैंक ग्यारेन्टी गरेको आरोप छ ।

बैंकिङ कसूर मुद्दामा प्रतिवादी बनाइएका छविलाल ढकाल, रणधीर तुम्बा र देवलाल शाही पक्राउ परिसकेका छन् भने मन्त्री खत्री र राजुप्रसाद श्रेष्ठ फरारको सूचीमा छन् ।

उनीहरुले एडभान्स पेमेन्ट ग्यारेन्टीका लागि सन् २०१६ को जुन १० मा ५५ लाख ५० हजार र नोभेम्बर ४ मा ५५ लाख ३० हजार बराबरको कीर्ते बैंक ग्यारेन्टी पेश गरेर बैंकलाई हानी नोक्शानी पुर्‍याएको कृषि विकास बैंकको दाबी छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया