माैसम : केही ठाउँमा बदली र वर्षाको सम्भावना

 साउन २९, २०७६ बुधबार ८:३९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानै चर्को घाम लागेको छ । मनसुनी न्यूनचापीय क्षेत्र नेपालभन्दा तल भएकाले धेरै ठाउँमा बिहानै चर्को घाम लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार काठमाण्डौको बिहानको तापक्रम २१ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ । बुधबार काठमाण्डाैको तापक्रम ३१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

कम पानी परेकाले गर्मी बढेको हो । तर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले थोरै ठाउँमा ठूलो र केही ठाउँमा हल्का पानी परिरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । 

देशका धेरैजसो ठाउँमा बुधबार दिनभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । पहाडी भूभागका केही ठाउँमा ठूलो वर्षा हुने र चट्याङ पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार राति पनि देशका धेरैजसो ठाउँमा सामान्य बदली हुने र केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्हरुको पूर्वानुमान छ ।

देशका पूर्वी र पश्चिमी पहाडी भूभागका केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जाेखिम रहेका ठाउँमा सावधानी अपनाउन मौसमविदहरुले अनुरोध गरेका छन् ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया