पूर्व च्याम्पियन पोर्टो युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताबाट बाहिरियो

 साउन २९, २०७६ बुधबार ८:५८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

पूर्व च्याम्पियन पोर्टो युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको आश्चर्यजनक रुपमा बाहिरिएको छ । यता गएको सिजनको सेमिफाइनलिष्ट आयाक्स अन्तिम समयमा जित निकाल्दै प्लेअफको फाइनल राउण्डमा पुगेको छ ।

२००४ को च्याम्पियन पोर्टो रसियन क्लब एफसी क्रास्नोदारसँग दोस्रो लेगमा तीन–दुईले पराजित भएपछि समग्रमा तीन–तीन गोलको बराबरी भएपनि अवे गोलका आधारमा प्रतियोगिताबाट बाहिरियो । 

२०१० पछि च्याम्पियन्स लिगको समूह चरणमा पुग्न नसकेको पोर्टो रसियन क्लबविरुद्ध पहिलो लेगमा एक शून्यले विजयी भएको थियो । तर घरेलु मैदानमा पोर्टो ३४ मिनेटमा तीन शून्यले पछि परेको थियो । 

पाहुना टिम क्रास्नोदारका लािग तेस्रो मिनेटमा मिलिनाले गोल गरे भने १२ औं र ३४ औं मिनेटमा सुलेमानोभले गोल गर्न सफल भए । 

पहिलो हाफमा तीन गोलले पछि परेको पोर्टोले दोस्रो हाफमा दुई गोल फर्काएको थियो । ५७ औं मिनेटमा मेन्डेस आन्द्रेद र ७७ औं मिनेटमा डियाजले गोल गरेका थिए । त्यसपछि पोर्टो खेलमा फर्कन सकेन र रसियन क्लब अवे गोलका कारण अर्को चरणमा स्थान बनाउन सफल भयो । 

अर्को खेलमा आयाक्स पनि ग्रीक च्याम्पियन पाओकसँग पाँच चारले विजयी हुँदै प्लेअफमा पुग्न सफल भयो । घरेलु मैदानमा भएको दोस्रो लेग तीन दुईले जितेपछि उसले समग्रमा पाँच चारको जित निकाल्न सफल भयो ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया