पोखराको वडा कार्यालयमा श्रृंखलाबद्ध चोरी गर्दै आएका व्यक्ति पक्राउ

 साउन २९, २०७६ बुधबार ११:४३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पोखराको ११ वडा कार्यालयमा श्रृंखलाबद्ध चोरी गर्दै आएका व्यक्ति पक्राउ परेका छन् ।

काठमाण्डौ महानगरपालिका –११ स्थायी ठेगाना भएर पोखरा महानगरपालिका–१० मा कोठा भाडामा बस्दै आएका ५१ वर्षका किशोर थापा पक्राउ परेका हुन् । उनले केही समयको अवधिमा पोखराका वडा कार्यालयमा श्रृंखलाबद्ध चोरी गरेका थिए ।

उनी यसअघि पनि चोरी मुद्दामा पटक–पटक जेल परिसकेका व्यक्ति भएको खुल्न आएको प्रहरीले जनाएको छ । यसअघि उनी चोरी मुद्दामा एक पटक पाँच वर्ष र अर्को पटक तीन वर्ष जेल बसेका थिए ।

पछिल्लो पटक विसं २०७४ सालमा जेलबाट छुटेर थापा फेरि चोरी धन्दामा लागेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

थापासँगै चोरीको सामान किन्ने रुपचन्द्र गोपालीलाई पनि प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौको कलंकीमा कम्प्युटर मर्मत पसल चलाउँदै आएका गोपालीले चोरीको सामान किनबेच गर्दै आएको अनुसन्धानबाट खुलेकाे प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया