नेपालले मलेसियाको लिग च्याम्पियन क्लबसँग मैत्रीपूर्ण फुटबल खेल्ने

 साउन २९, २०७६ बुधबार १४:३२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फिफा विश्वकप २०२२ को छनोट चरणको तयारीमा रहेको नेपालले मलेसियाको लिग च्याम्पियन क्लब जोहर दारुल ताजिम एफसीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

मलेसियन सुपर लिग च्याम्पियन टोलीसँग नेपालको राष्ट्रिय टिमले आउँदो अगष्ट २६ मा मलेसियाको जोहर सिटिमा रहेको पासिर गुदाङ स्टेडियममा खेल्ने छ । छनोट यात्रा सुरु भन्दा १० दिनअघि नेपालले मलेसियाको क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

सन् २०२३ मा चीनमा हुने एएफसी एशियन कपको समेत छनोट प्रतियोगिता रहे पनि नेपालको राष्ट्रिय टोलीले भने एक मात्र मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपालले आउँदो सेप्टेम्बर ५ तारिखमा कुवेतसँग उसैको मैदानमा खेल्दै छ । नेपाली टिमका मुख्य प्रशिक्षक योहान कलिनले मैत्रीपूर्ण खेल खेल्न पाउनु टिमका लागि राम्रो कुरा भएको बताएका छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया