यूएईका राजदूतलाई अर्थ मन्त्रीको आग्रह : फलफूल र हिमालको पानीमा लगानी गरेर निर्यात गर्नुहोस्

 साउन २९, २०७६ बुधबार १९:६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अर्थ मन्त्री डा. युवराज खतिवडाले संयुक्त अरब इमिरेट्स(यूएई)लाई उपयुक्त वातावरण भएकाले नेपालमा लगानी गर्न आग्रह गनुभएको छ ।

अर्थ मन्त्रालयमा नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत सईद हमदान अल नाक्वीसँग भएको भेटवार्तामा अर्थमन्त्री डा. खतिवडाले नेपालमा लगानीका लागि धेरै अवसर भएकाले समयमै पूर्वाधार तथा औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।

‘नेपालको सिँचाइ, ऊर्जा, भौतिक संरचना विकास, पर्यटन, कृषि जस्ता क्षेत्रमा प्रतिस्पर्धी लगानीको उपयुक्त वातावरण छ, अरबमा नेपालका ताजा तरकारी, फलफूल, हिमालयको पानीलगायतका बस्तुलार्ई प्राथमिकतामा राखेर निर्यात गर्न सकिन्छ’, खतिवडाले भन्नुभयो ।

मन्त्री खतिवडाले नेपालमा पर्यटन वर्ष २०२० बनाउन लागिएको सन्दर्भमा अरबका अर्थ मन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा गर्दै अरबी नागरिकलाई राजदूतमार्फत निमन्त्रणा सन्देश पठाएर नेपाल भ्रमणमा आउन आग्रह गर्नुभयो ।

नेपालका अर्थ मन्त्रीलाई संयुक्त अरब इमिरेट्सको भ्रमणका लागि त्यहाँका अर्थ मन्त्रीको निमन्त्रणा रहेको बताउँदै राजदूत अल नाक्वीले नेपालको हवाई सेवा तथा अन्य क्षेत्रमा लगानी हुन सक्ने तर दोहोरो कर मुक्ति सम्झौता आवश्यक रहेको बताउनुभयो ।

राजदूतदले नेपाललाई आर्थिक साझेदारीको रुपमा व्यापार सहजीकरणका लागि विशेष सुविधा उपलब्ध गराउन तयार भएको जानकारी गराउनुभयो । अरब सरकारले नेपालमा पाँचवटा सुख्खा बन्दरगाह बनाउन इच्छा व्यक्त गरेको समेत राजदूत अल नाक्वीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया