मनसुनी गतिविधि कमजोर हुँदा देशैभर गर्मी बढ्यो, गर्मी अझै बढ्ने सम्भावना

 भदौ ११, २०७६ बुधबार ८:३१:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पानी कम पर्दा देशभरी नै गर्मी बढेको छ । पानी कम परेको र बादल पनि कम लागेकाले गर्मी बढेको मौसमविद्ले बताएका छन् । 

तत्काल नै ठूलो पानी पर्ने कुनै प्रणाली नदेखिएकाले गर्मी अझै बढ्ने मौसमविद् वरुण पौडेलले बताउनुभयो । तर पहाडी भेगका थोरै ठाउँमा भने हल्का पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । 

मनसुनी न्यूनचापीय रेखा (मनसुनको समयमा वर्षा हुने प्रणाली) नेपालबाट दक्षिणतर्फ रहेकाले कम पानी परेको हो । तर स्थानीय वायुको प्रभावले पहाडी भेगको थोरै ठाउँमा भने चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको उहाँको भनाइ छ । उहाँका अनुसार थोरै ठाउँमा हल्का पानी परे पनि अझै केही दिन गर्मी घट्ने सम्भावना भने छैन ।

गएको वर्ष भदौ १० गते काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम २६ दशमलव ८ डिग्री सेल्सियस रहेकोमा मंगलबार काठमाण्डौ उपत्यकाको तापक्रम ३१ दशमलव १ डिग्री सेल्सियस मापन गरिएको छ । यस्तै, गएको वर्ष ३२ दशमलव ५ डिग्री सेल्सियस तापक्रम रहेको धनगढीमा मंगलबार तापक्रम ३६ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । 

बुधबार देशैभर आंशिकदेखि सामान्य बदली हुने र पहाडी भूभागका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया