नाडा अटो शो : टाटाको एच फाइभसहित नयाँ गाडीका विशेषता

 भदौ ११, २०७६ बुधबार १०:४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाडा अटो शोमा टाटासहित केही कम्पनीले नयाँ गाडी सार्वजनिक गरेका छन् । विभिन्न कम्पनीले विद्युतीय, हाइब्रिड र एसयूभी गाडी ल्याएका हुन् । 

टाटाको एच फाइभ, महिन्द्राको मराजो, कियाको निरो, टोयोटाको र्‍याभ फोर र सुजुकीको स्मार्ट आइब्रिडमा ग्राहकको आकर्षण देखिएको छ । 

टाटाको एच फाइभ

नाडा अटो शोमा टाटा गाडीको अधिकृत विक्रेता सिप्रदी ट्रेडीङ लिमिटेडले प्रिमियम एसयूभी एच फाइभ सार्वजनिक गरेको छ । ल्याण्डरोभरको डिएनए प्लाटफर्म जडान गरिएको यो गाडीमा ग्राहकले प्रिमियम, लक्जरियस र कम्फर्टेबल अनुभव पाउन सक्ने कम्पनीको दाबी छ ।

कम्पनीकाअनुसार नेपालको जुनसुकै सडकमा एच फाइभ गुडाउँदा अन्य गाडीको तुलनामा यात्रुले सहज अनुभव गर्न सक्नेछन् । गाडीमा भएको टेरियन मोडमार्फत बरफ, पत्थर लगायत सडक खण्डमा सहजै गुडाउन सक्ने कम्पनीको भनाई छ ।

आठवटा स्पीकर जडान गरिएको गाडीको इन्फोटेन्मेन्ट सिस्टममा अडियो सिस्टम प्रिमियम छ ।

सिप्रदीले एचफाइभ एक्स एफ, एचफाइभ एक्स एम, एच फाइभ एक्स टी, एच फाइभ एक्स एक्स जेड लगायत चार मोडलका गाडी नेपालमा ल्याएको जनाएको छ । कम्पनीकाअनुसार यी गाडीको नेपाली बजार मूल्य क्रमशः ५६ लाख ५५ हजार, ६४ लाख ५५ हजार, ६९ लाख ५५ हजार र ७४ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

महिन्द्राको मराजो

महिन्द्रा गाडीको अधिकृत विक्रेता अग्नी इन्कर्पाेरेटले नाडा अटो शोमा एक्सयुभी – ३०० र मराजो  सार्वजनिक गरेको छ । मराजोमा धेरै यात्रु अट्ने र  पारिवारिक कारका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार मराजो एम ६ को मूल्य ५८ लाख २० हजार र एम ८ को बजार मूल्य ६४ लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

कियाको निरो

कियाको अधिकृत बिक्रेता कन्टिनेन्टल ग्रुपले विद्युतीय कारण निरो सार्वजनिक गरेको छ । ६४ किलोवाट ब्याट्री क्षमता रहेको निरोमा एक सय ५० किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ । कम्पनीका अनुसार गाडीमा दुई सय एक ब्रेक हर्षपावर र तीन सय ९५ न्युटनमिटर क्षमता रहेको छ ।

पाँच सिट क्षमता भएको यो गाडीमा एक पटकको ब्याट्री चार्जमा गाडीले चार सय ६० किलोमिटर माइलेज दिनसक्ने क्षमता रहेको कम्पनीको भनाइ छ । यसको मूल्य ६६ लाख ९० हजार रुपैयाँ तोकिएको छ । ग्राहकले नाडा अटोशो अवधिभर डेढ लाख रुपैयाँसम्म छुट पाउने कम्पनीले जनाएको छ ।

सुजुकीको हाइब्रिड

सुजुकी गाडीको अधिकृत विक्रेता सिजी मोटोकर्पले सुजुकी सियाज, एस क्रस र एर्टिगा लगायत हाइब्रिड कार सार्वजनिक गरेको छ ।

एस क्रसमा १ दशमलव ३ लिटर डिजल इन्जिन जडान गरिएको छ । यो गाडीमा अधिकतम आठ ८९ ब्रेकिङ हर्सपावर र दुई सय न्युटन मिटर क्षमता रहेको कम्पनीले जनाएको छ । गाडीमा एयरब्याग, एविएस, स्पीड अलर्ट, हिल असिस्ट क्लाइमेट कन्ट्रोल लगायतको सुविधा  छ ।

कम्पनीले हाइब्रिड ह्याचब्याक एसयुभी अन्तर्गत एर्टिगा पनि सार्वजनिक गरेको छ । डिडिआइएस २००९डिजल डाइरेक्ट इन्जेक्सन सिस्टम स्मार्ट इन्जिन युक्त गाडीमा ८९ हर्षपावर र दुई सय न्युटनमिटरको क्षमता रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार गाडीमा एयरब्याग, एबीएस, स्पीड अलर्ट, हिल असिस्ट, किलेस एन्ट्री लगायतका सुविधा समावेश गरिएको छ।

एस क्रसको ४२ लाख ९९ हजार, एर्टिगाको ३८ लाख ९९ हजार र सियाजको ३८ लाख २९ हजार रुपैयाँ मूल्य तोकिएको छ ।

टोयोटाको र्‍याभ फोर र क्यामरी हाइब्रिड

टोयोटा गाडीको आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले र्‍याभ फोर र क्यामरी मोडलको हाइब्रिड गाडी सार्वजनिक गरेको छ । यो गाडीको नेपाली बजार मूल्य एक करोड ३४ लाख रुपैयाँ रहेको छ ।

यसैगरी कम्पनीले ल्याएको क्यामरी हाइव्रिडको बजार मूल्य एक करोड ३१ लाख रुपैयाँ कायम गरिएको छ । पाँच सीट क्षमता भएको यो गाडीमा विद्युतीय इन्धन प्रणाली रहेको छ भने यो पेट्रोलमार्फत गुड्छ । गाडीले प्रति लिटर २३ किलोमिटर माइलेज दिनसक्ने कम्पनीको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया