‘सीप नभएका विरोधी र इख नभएको सरकारका कारण देश बिग्रने हो कि भन्ने चिन्ता छ’

 भदौ १२, २०७६ बिहीबार १४:५०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सांसद रामनारायण बिडारीले सीप नभएका विरोधीहरु इख नभएको सरकारका कारणले यो देश बिग्रेर जाने हो कि भन्ने चिन्ता लाग्न थालेको बताउनुभयो । 

उहाँले उल्टो राजनीति गर्ने, व्यवस्थाकै प्रतिपक्षी बन्ने, सत्तामात्रैको विपक्षी, समग्र संविधानका विरोधी र आंशिक संविधानका विरोधीहरुले वर्तमान सरकारमार्फत गणतन्त्र र संघीयताको विरुद्धमा प्रहार गर्दे आएको टिप्पणी गर्नुभयो ।

भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक गर्दा नवीनतम प्रविधिप्रति गर्व गर्नुपर्नेमा सडकदेखि सदनसम्म विरोध गर्ने कम भएको भन्दै उहाँले गोपनीयताको भूतको छाया बाट किन तर्सेको भनी प्रश्न गर्नुभयो ।

प्रधानमन्त्रीले विदेशबाट मन्त्रिपरिषदको बैठक गर्दा खुशी हुनुपर्नेमा विरोध भएको देख्दा आफू अचम्ममा परेको उहाँले बताउनुभयो । 

हेर्नुहाेस् भिडियाे 

अन्तिम अपडेट: चैत ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Rabindra BOhara

    Aug. 30, 2019, 7:19 p.m.

    सबै नेतृत्वदाइ भुमिकामा रहनु भएका देशका जिम्मेवार माननिय र सम्मानतियज्युहरु एक पटक गहन रुपमा विचार गरी आफु अभिएको धरातल र ग्रहण गरेको जिम्मेवारीलाई नजिकबाट निहालेर हेर्नुहोस् कसैले यहाँहरुलाई कुनै सुझाव दिन आवश्यक देखिन्न मात्र तपाई उभिएको धरातल र सुम्पिएको जिम्मेवारीले के भन्छ त्यही मात्र गर्नुहोस् । अनावश्यक कुरा गरेरे एक अर्काको विरोध गरेर तपाई आफ्नो एक एक सेकेन्डको समयलाई खेर नफाल्नुहोस् । यो क्षणीक समय मात्र अहिले अहिले तपाईँको लागि हो भने भोली तपाईले त्यो पद फिर्ता गर्नै पर्छ र नेपाली जनतालाई हस्तान्तरण गर्नै पर्छ । त्यसकारण जिम्वारी पूर्ण रुपमा बहन गर्नुहोस् ।

  •  0 Reply
  • Keshab

    Aug. 29, 2019, 3:45 p.m.

    इख पनि सीप पनि नभयेको सरकार र विपक्ष भयेको कारनले हो। इख र सीप भयेका नेता भयेको भये त बिदेश जान्छन महिनामा महीना मा केही त देखेर पनि सिक्नु पर्ने हो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया