नेपाल एअरलाइन्सले जापान उडानबाट बर्सेनि ३५ हजार यात्रु बोक्ने, गोलाप्रथाबाट नि:शुल्क टिकट पाउने अवसर

 भदौ १२, २०७६ बिहिबार १६:१७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल वायुसेवा निगमले जापान उडानमा सुरुमा यात्रु पाउन अप्ठेरो भए पनि बिस्तारै अवस्था सुधार हुने जनाएको छ ।

१२ वर्षपछि बुुधबार निगमको जहाज ९९ सय जना यात्रु र अन्य सदस्य गरी १ सय ४६ जना यात्रु बोकेर जापानको ओसाका गएको थियो । २ सय ७४ सिटको जहाजमा जम्मा ९९ जना यात्रु हुँदा निगमले सञ्चालन खर्च उठाउन नसकेर घाटा ब्यहोर्ने चिन्ता रहेका बेला निगमले नियमित उडानको केही दिनपछि यात्रु पाउने दावी गरेको छ ।

जहाज जापान पुगेपछि खुसी व्यक्त गर्दै निगमका अध्यक्ष मदन खरेलले निगमले जापान उडानको वार्षिक ४३ हजार सिट क्षमता रहेकोमा वार्षिक ३५ हजार यात्रु बोक्ने गर्ने लक्ष्य लिएको बताउनुभयो । निगमले हप्ताको तिन दिन बिहीबार, शनिबार र मंगलबार ओसाकाको नियमित उडान गर्नेछ ।

हाललाई निगमले प्रवर्द्धनात्मक भाडादर दुईतर्फी ७२ हजार ८ सय र एकतर्फी ३७ हजार निर्धारण गरेको छ । नेपाल जापानको सिधा उडानलाई थप व्यावसायिक प्रवर्द्धन गर्न सेप्टेम्बर महिनाभर प्रत्येक उडानमा यात्रुहरुबीच गोलाप्रथा गराइने र एक जनालाई उपहार स्वरुप एक निःशुल्क नेपाल जापान उडानको टिकट दिइने निगमले जनाएको छ ।

निगमले आउँदाे पौषदेखि जापानको अर्को गन्तव्य टोकियोको नारिता विमानस्थलमा पनि उडान गर्नेछ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया