जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली टेस्ट क्रिकेटमा सर्वाधिक सफल कप्तान सावित भएका छन् । भारतीय टेस्ट इतिहासमा कप्तानको रुपमा उनले सर्वाधिक २८ टेस्ट जित्दै शीर्ष स्थानमा उक्लिएका हुन् ।
वेस्ट इण्डिजविरुद्धको पहिलो टेस्ट जितेर महेन्द्रसिंह धोनीसँग २७ टेस्टको संख्या बराबरी गरेका कोहलीले सोमबार राति दोस्रो टेस्टमा पनि जित हात पारेपछि धोनीलाई उछिन्दै शीर्ष स्थानमा उक्लिएका हुन् । कोहलीले टेस्टमा जित हात पारेको २८ पुगेको छ । उनले कप्तानको रुपमा ४८ टेस्ट खेलेका छन् । टिम इण्डियाका अर्का पूर्व कप्तान सौरभ गांगुली तेस्रो स्थानमा छन् । उनको कप्तानीमा भारतले २१ टेस्ट जितेको थियो ।
कोहलीले कप्तानको रुपमा टेस्ट करियरमा अहिलेसम्म २८ टेस्ट जित्दा १० टेस्ट ‘ड्र’ गरेका छन् भने १० वटामा पराजित भएका छन् । २७ टेस्ट जितेका धोनीले कप्तानको रुपमा ६० टेस्ट खेलेका थिए । जसमा उनले १८ टेस्टमा पराजित हुँदा १५ टेस्ट ‘ड्र’ गरेका थिए ।
यस्तै विदेशी भूमिमा गरेको प्रदर्शनका आधारमा पनि कोहली भारतको सर्वाधिक सफल कप्तान बनेका छन् । उनले विदेशी भूमीमा १३ टेस्ट जित्दै यो उपलब्धि हासिल गरेका हुन् । यस्तै, गांगुलीले विदेशी भूमिमा ११ टेस्ट मात्रै जितेका थिए भने धोनीले विदेशी भूमिमा ५ टेस्ट मात्रै जितेका छन् ।
कोहली भारतको तेस्रो सफल कप्तान पनि बनेका छन् । उनको कप्तानीमा भारतले १०१ अन्तर्राष्ट्रिय क्रिकेट जितेको छ । पहिलो स्थानमा १८१ खेल जित्दै महेन्द्रसिंह धोनी रहँदा दोस्रो स्थानमा १०४ खेल जित्दै मोहम्मद अजरुद्दीन दोस्रो स्थानमा छन् ।
कोहली २०१४ मा पहिलो पटक कप्तान बनेका थिए । पूर्व कप्तान धोनीले भारतीय टिमको अस्ट्रेलिया भ्रमणका बेला टेस्टटिमको कप्तानी छाडेका थिए ।
त्यसपछि कोहली कप्तान बनेका थिए । कोहलीको कप्तानीमा भारतले भारतीय भूमिमा अस्ट्रेलिया, इंग्ल्याण्ड र न्यूजिल्याण्ड जस्ता सशक्त टिमलाई पराजित गरेको थियो । तर दक्षिण अफ्रिकामा १–२ तथा इंग्ल्याण्डको भूमिमा १–४ ले सिरिज पनि गुमाएको थियो । गत बर्ष भने भातरले अस्ट्रेलियाकै भूमीमा २–१ ले ऐतिहासिक टेस्ट जितेको थियो । दुई देशबीचको ७१ वर्षीय क्रिकेट भिडन्तमा भारतले अस्ट्रेलियामा सिरिज जितकै पहिलो पटक थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।