नयाँ टी-ट्वान्टी वरीयता: नेपाल एघाराैँ स्थानमा यथावत

 भदौ १७, २०७६ मंगलबार १६:५०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

अन्तराष्ट्रिय क्रिकेट परिषदको नयाँ टी-ट्वान्टी वरीयतामा नेपाल ११ औंँ स्थानमा यथावत रहेको छ ।

नयाँ वरीयता अनुसार नेपालले १४ खेलबाट २०१ रेटिङ अंक पाएको छ । नेपालले गएकाे महिना मलेसियासँगको दुई खेलको टी-ट्वान्टी  र सिंंगापुरमा सम्पन्न आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनल खेलेपछि अन्य खेल खेलेको छैन । 

अब नेपालले अक्टोबरमा ४ वटा टी-ट्वान्टी खेल खेल्दैछ । ओमानमा हुने सिरिजमा नेपालसँगै आयरल्याण्ड, नेदरल्याण्ड र हङकङ रहेका छन् । सो सिरिजमा गरेको प्रदर्शनले नेपालको वरीयतामा फरक पर्नेछ ।

एसोसियट राष्ट्रमा नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालभन्दा तल यसअघि झैँ दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् । टी-ट्वान्टी वरीयताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रिका रहेका छन्  ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया