काेहलीलाई उछिन्दै स्टिभ स्मिथ फेरि टेस्ट वरीयताकाे शीर्ष स्थानमा

 भदौ १७, २०७६ मंगलबार १८:४६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

अस्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथ १३ महिनापछि फेरि टेस्ट क्रिकेटको वरीयताकाे शीर्ष स्थानमा पुगेका छन् ।

बल टेम्पिरिङ काण्डपछि १ वर्ष प्रतिबन्ध झेलेका स्मिथले एशेजमा पुनरागमन गरेका हुन् । 

डिसेम्बर २०१५ देखि लगातार टेस्ट वरीयतामा शीर्ष स्थानमा रहेका स्मिथ २०१८ मा बल टेम्पिरिङ काण्डले प्रतिबन्धमा परेका थिए । उनी प्रतिबन्धमा पर्दा उनकाे रेटिङ अंक ९४७ थियाे भने दाेस्राे वरीयतामा रहेमा भारतका कप्तान विराट काेहलीकाे अंक ९१२ थियाे ।

उनी प्रतिबन्धमा परेपछि भारतका कप्तान विराट कोहलीकाे अन्य खेलबाट अंक बढ्दै गयाे भने खेलमा प्रतिबन्ध लागेका स्मिथकाे अंक घट्न थाल्याे र एउटा बिन्दुमा पुगेर काेहली शीर्ष स्थानमा उक्लिए।

तर ८८७ अंकबाट एशेजमा पुनरागमन गरेका स्मिथले खेलेका तीन इनिङबाट राम्राे अंक बटुल्दै विराट कोहलीलाई पछि पारेका हुन् । स्मिथ ९०४ अंक सहित शीर्ष स्थानमा रहँदा कोहली ९०३ अंक सहित दोस्रो स्थानमा छन् ।

चाेटका कारण एशेजकाे तेस्राे खेल गुमाएका स्मिथले चौथो र पाँचौ टेस्टमा उत्कृष्ट ब्याटिङ गरे अंक बढाउँदै वरीयताको शीर्षस्थान सुरक्षित गर्ने मौका स्मिथसँग रहेको छ । त्यस्तै दक्षिण अफ्रिकासँगकाे आउँदाे तीन टेस्टमा राम्राे गर्न सके शीर्ष वरीयतामा फेरि फर्कन सक्ने माैका काेहलीसँग छ ।

यसै गरी ८७८ अंकसहित न्यूजिल्याण्डका केन विलियम्सन तेस्रो तथा ८२५ अंक जोडेका भारतका चेतेश्वर पुजारा चौथो नम्बरमा छन् । न्यूजिल्याण्डकै हेनरी निकोलस भने ७४९ अंकसहित पाँचौँ स्थानमा रहेका छन् ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया