नेपाल टेलिकमकाे डाटा रोमिङ सेवा अब भारतमा पनि

 भदौ २०, २०७६ शुक्रबार २०:४३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाल टेलिकमले भारतमा शुक्रबारदेखि अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा सुरु गरेकाे छ । 

अहिलेसम्म रोमिङमा हुँदा भ्वाइस र एसएमएस आदान–प्रदान गर्ने सुविधा मात्र रहेकोमा अब डाटा रोमिङ सेवा पनि उपलब्ध हुने भएकाे हाे । 

अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवामा सामयिक परिमार्जन गर्ने उद्देश्यले विगतका दिनहरुमा सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा केही समय बन्द गरिएकोमा टेलिकमले अहिले फेरि सञ्चालनमा ल्याएको हो । याे सेवा अन्तर्गत अब नेपाल टेलिकमका ग्राहकले भारतमा जाँदा भ्वाइस र एसएमएसका साथै इन्टरनेट सेवा पनि उपयोग गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

बिहीबारसम्म अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रियाशील अवस्थामा रहेका सम्पूर्ण पोस्टपेड तथा प्रिपेड ग्राहकहरुले यो डाटा रोमिङ सेवा स्वतः पाउने बताइएकाे छ । उक्त मिति पश्चात् अन्तर्राष्ट्रिय रोमिङ सेवा लिने ग्राहकहरुलाई भने सेवा दर्ता गरेकै समयमा भ्वाइस, एसएमएस तथा इन्टरनेट सेवा उपलब्ध हुनेछ ।  
  
अहिले भारतमा विस्तार भएकाे डाटा रोमिङ सेवा निकट भविष्यमै सेवा अन्य देशहरुमा पनि विस्तार गर्ने कम्पनीले लक्ष्य लिएकाे छ । 


 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया