चिकित्सकको 'प्रेस्क्रिप्सन' अनुसार औषधि बिक्री गर्दा पनि किन कारबाही गर्ने?: औषधि व्यवसायी

 भदौ २१, २०७६ शनिबार १८:७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – औषधि व्यवसायीहरुले सरकारले नियमनको नाममा दुःख दिने गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । 

नेपाल औषधि व्यवसायी संघ बागमती अञ्चलका कार्यवाहक अध्यक्ष ध्रुवनारायण प्रधानले सबै औषधि रेकर्ड राखेर बिक्री गर्दा पनि औषधि व्यवस्था विभागले अनुगमनको नाममा स्पष्टिकरणका लागि बोलाएर दुःख दिने गरेको भन्दै आक्रोश व्यक्त गर्नु भएको हो । 

शनिबार ललितपुरमा आयोजित नेपाल औषधि व्यवसायी संघ ललितपुरको प्रथम जिल्ला अधिवेशनमा बोल्दै उहाँले 'चिकित्सकहरुको प्रेस्क्रिप्सन अनुसार व्यवसायीहरुले औषधि बिक्री गर्दा पनि कारबाही गर्ने काम किन गरेको ?' भनि सरकारलाई प्रश्न पनि गर्नुभयो ।

फुड प्रोडक्टसँग सम्बन्धित औषधि बिक्री गर्ने अनुमति मेडिकल काउन्सिलले दिने तर औषधि व्यवस्था विभागले प्रतिबन्ध लगाउन खोज्ने दोहोरो मारमा आफूहरु पर्ने गरेको औषधि व्यवसायीहरुको गुनासो छ ।  

कार्यक्रममा बोल्दै औषधि व्यवस्था विभाग निरीक्षण महाशाखाकी प्रमुख उषा तन्डुकारले सरकारको नीति, नियम र कार्यविधिको परिधिभित्र रहेर औषधिको उत्पादन तथा बिक्री वितरण गर्न औषधि व्यवसायीहरुलाई सचेत गराउनु भयो ।

विभागले बिक्री गरिएका औषधिहरुको रेकर्ड अनिवार्य राख्न पनि औषधि व्यवसायीहरुलाई सचेत गराउँदै आएको छ ।

अन्तिम अपडेट: चैत ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया