जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
एशेज सिरिज अन्तर्गत चौथो टेस्टमा अस्ट्रेलियाले पहिलो पारीमा १९६ रनको अग्रता बनाएको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले ८ विकेट गुमाएर ४९७ रन बनाएपछि पारी समाप्त भएको घोषणा गरेको थियो । अस्ट्रेलियालाई पहिलो पारीमा मजबुत बनाउनका स्टिभ स्मिथले दोहोरो शतक बनाउँदै २११ रनमा आउट भएका थिए ।
पहिलो पारीमा इंग्ल्याण्ड भने ३०१ रनमा अल आउट हुन पुग्यो । इंग्ल्याण्डलाई रोक्ने क्रममा अस्ट्रेलियाका जश हेजलवुडले चार तथा मिचेल स्टार्क र प्याट कमिन्सले तीन-तीन विकेट लिए ।
घाइते भएका स्टार्क र स्मिथले चौथो टेस्टमा टिममा कमब्याक गरेका हुन् । इंग्ल्याण्डका रोरी बर्नसले सर्वाधिक ८१ रन बनाउँदा कप्तान जो रुटले ७१ रनको योगदान गरे । इंग्ल्याण्डका पाँच जना ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
आजै दोस्रो पारी शुरु गरेको अस्ट्रेलियाको सुरुआत भने राम्रो रहन सकेन । डेभिड वार्नर शून्य, मार्कस ह्यारिस ६ रन तथा मार्नस लाबुशाने ११ बनाएर आउट भइसकेका छन् । यतिबेला कप्तान स्टिभ स्मिथ र ट्राभिस हेड क्रिजमा छन् भने अष्ट्रेलिया ताजा स्थितिमा १२ ओभरकाे समाप्तिमा ३ विकेट गुमाउँदै ३५ रन बनाएर खेलिरहेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।