कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
भक्तपुर - बिरामीको मृत्यु भएपछि मध्यपुरथिमि नगरपालिका-३, गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी अस्पताल दिनभर तनावग्रस्त बनेको छ ।
बिहीबार भर्ना भएर शुक्रबार शल्यक्रिया गरी मिर्गौला झिकेको सिन्धुपाल्चोक ईन्द्रावती नगरपालिका ६ का ५२ वर्षीय रामचन्द्र कोइरालाको उपचारको क्रममा शनिबार मृत्यु भएपछि आईसीयूमा कार्यरत नर्सहरुको लापर्वाहीले बिरामीको मृत्यु भएको भन्दै परिवार र आफन्तले अस्पताल घेराऊ गरेर नाराबाजी गरेका हुन् ।
नाराबाजी, घेराऊ गर्ने क्रममा पीडित पक्षले अस्पताल तोडफोड गर्न खोजेपछि बेलुका ७ बजे पीडित पक्ष र प्रहरी बिच झडप भएको थियाे । अस्पताल भित्रै पीडित पक्षले नाराबाजी गरेर तोडफोड गर्न खोजेपछि सामान्य बल प्रयोग गर्नु परेको प्रहरीको भनाइ छ ।
बाबुको मृत्युपछि बिरामी भएर त्यसै अस्पतालको आकस्मिक कक्षमा उपचारमा रहेका मृतक कोइरालाका छोरा सागरले शुक्रबार सफल शल्यक्रिया भएर स्वास्थ्य अवस्था सुधार भइसकेकोमा नर्सहरुको लापर्वाहीले बाबुको ज्यान गएको आराेप लगाउनुभयो ।
नर्समाथि छानबिन गरी कारबाही गर्नुपर्ने, आउँदा दिनमा यस्ता गल्ती नदोहर्याउने प्रतिबद्धता गर्ने र मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै माग पुरा नभएसम्म बाबुको शव नउठाउने उहाँले बताउनुभयो ।
मृतककी बुहारी सावित्री कोइरालाले दुईवटा छोरा, बुहारी आईसीयू कक्ष बाहिर कुरेर बसे पनि नर्सले अप्ठ्यारो पर्दा खबर नगरी एक्कासी लडेर घाइते भएको खबर गर्न आएको बताउनु भयाे ।
अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा. राकेश बर्माले अस्पताल र नर्सको कुनै कमजोरी नभएको दावी गर्दै शौचालय गएका बिरामीलाई एक्कासी हदयाघात भएकाले ज्यान गएको बताउनुभयो ।
अस्पताल र मृतक पक्षबीच शनिबार अबेरसम्म भएको वार्ता असफल भएपछि आफन्तले अस्पताल घेराऊ गरेर नाराबाजी गरेका हुन् ।