महोत्तरीमा एम्बुलेन्स दुर्घटना, एक जनाको ज्यान गयो

 भदौ २२, २०७६ आइतबार ९:२५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

महोत्तरी – बर्दिवास नगरपालिका–३ मा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

बा २१ च ४४४१ नम्बरको एम्बुलेन्स बिरामी लिएर जनकपुरतर्फ जाँदै गर्दा आइतबार बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा स्थानीय ५० वर्षीया तारा वादीको ज्यान गएको छ ।

दुर्घटनामा बर्दिबासका एम्बुलेन्स चालक चित्रबहादुर बुढाथोकी, मृतकका छोरा उवेश वादी, छोरी गंगा वादी घाइते भएका छन् । 

यस्तै, दुर्घटनामा परेकाे एम्बुलेन्सले ठक्कर दिँदा पैदलयात्री धनुषाको मिथिला नगरपालिका—४ की रोशा बराइली पनि घाइते हुनुभएको छ । उहाँको दाहिने खुट्टा भाँचिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास महोत्तरीका ट्राफिक प्रहरी निरीक्षक प्रकाशबहादुर सिंहले जानकारी दिनुभयो ।

घरायसी विवादमा झगडा हुँदा तारा वादीका छोरा उवेश घाइते भएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा एम्बुलेन्स दुर्घटनामा परेको खुल्न आएको प्रहरीले जनाएको छ । 

घाइतेहरुको उपचार बर्दिबासमा रहेको शुभ स्वस्तिक अस्पतालमा भइरहेको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया