सुनचाँदीको भाउ घट्यो

 भदौ २२, २०७६ आइतबार १२:०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ घटेको छ । 

सुन आइतबार तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ७१ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको शुक्रबार एकैदिन तोलामा १४ सय रुपैयाँ घटेको सुनको भाउ आइतबार तोलामा ५ सय रुपैयाँ घटेको हो ।

यस्तै, चाँदी तोलामा १५ रुपैयाँ घटेर तोलाको ८ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ । गएको शुक्रबार चाँदी तोलामा ४० रुपैयाँ घटेको थियो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया