नेपालद्वारा बंगलादेशसामु २ सय ६२ रनकाे लक्ष्य

 भदौ २२, २०७६ आइतबार १३:१४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १९ वर्ष मुनिको एसिया कप क्रिकेटमा नेपालले बंगलादेशलाई २ सय ६२ रनको लक्ष दिएको छ । श्रीलंकाको कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६१ रन बनाएको हो ।

नेपालका लागि पवन सर्राफले ८१ रन बनाए भने सन्दीप जोराले आक्रामक अर्धशतक पूरा गरे । पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेको नेपालका ओपनर रित गौतमले ३२ रनको योगदान गरे ।

कुशल मल्लले २८, भीम सार्कीले २१ र कप्तान रोहित पौडेलले १४  रन बनाए । आसिफ शेखले ३ रन मात्र बनाउन सके । ओपनर पवनले धैयर्तापूर्वक ब्याटिङ गर्दै १ सय ९ बलमा ८१ रन बनाएका हुन् ।

उनले ८ चौका र १ छक्का प्रहार गरे । भिम सार्कीसँग ६७ रनको साझेदारी गर्ने क्रममा सन्दीपले ३७ बलमा ३ छक्का र ३ चौकाको मद्दतमा ५६ रन बनाएका हुन् ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया