संसदीय उपसमितिको ठोकुवा : वाइडबडीमा घोटाला भएको छ, रकम फिर्ता गर्नैपर्छ

 भदौ २२, २०७६ आइतबार १४:१७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल वायु सेवा निगमले गएको वर्ष खरिद गरेका २ वटा वाइडबडी विमानमा आर्थिक चलखेल भएको अन्तर्राष्ट्रिय सम्बन्ध सिमितिले ठोकुवा गरेको छ ।

वाइडबडी जहाज खरिदमा भएको भनिएको अनियमितता बारे अध्ययन गर्न बनेको  उपसमितिले बनाएको उपसमितिको प्रतिवेदनमा जहाज खरिद प्रक्रियादेखि नै अनियमितता भएको र  नेपाल वायुसेवा निगमले जहाज निर्माता एअरबस कम्पनीलाई कति पैसा भुक्तानी गर्‍यो भन्ने नै नखुलेको उल्लेख छ ।

यस्तै मूल्यवृद्धि भयो भनेर जहाजको भाउ बढाइएको तर कति मूल्यवृद्धि भएको हो र यसका सामान्य सिद्दान्त पनि पालना नभएको उपसमितिको निष्कर्ष छ । उपसमितिको प्रतिवेदन अनुसार समितिले मूल्यवृद्धिको कारण धेरै रकम तिर्नुपरेको नेपाल वायुसेवा निगमको दाबी पुष्टी गर्ने आधार प्रमाण नदेखिएकाले त्यो रकम फिर्ता गर्न पनि निर्देशन दिएको छ ।

यस्तै २ सय ४२ टनको उडान भार क्षमताको जहाज किन्ने सम्झौता भए पनि निगमले जम्मा २ सय ३० टन उडान भार भएको निगम ल्याएको र १२ टन अन्तरको रकम फिर्ता गराउन पहल गर्न पनि सरकारलाई अनुरोध गर्ने प्रतिवेदनको निष्कर्षमा उल्लेख छ ।

एजेन्टले पैसा दिन नमानेमा कुटनितिक पहल गर्न पनि समितिले निर्देशन दिएको छ । यस्तै निगमको वाइडबडीमा २४ अर्ब रुपैँयाको हाराहारीमा लगानी गरेका नागरिक लगानी कोष र सञ्चयकोषले पनि विना अध्ययन र रकम फिर्ताको ग्यारेन्टी नभइ लगानी गरेको उपसमितिको निष्कर्ष छ ।

समितिको प्रतिवेदन यस्तो छ :

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया