जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
एसीसी यू–१९ एसिया कप क्रिकेटबाट नेपाल बाहिरिएको छ ।
पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित भएको नेपाल आइतबार भएको दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएपछि सेमिफाइनल पुग्ने सम्भावना सकिएको हो ।
अब नेपालले मंगलबार सान्त्वना जितको खोजिमा यूएईसँग खेल्नेछ । यो समूहबाट श्रीलंका र बंगलादेश सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
नेपालले दिएको २६२ रनको लक्ष्य बंगलादेशले ४९ दशमलत ९८ रन बनाएर बंव २ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । बंगलादेशलाई जिताउनका लागि कप्तान अकबर अलिले उत्कृष्ट ब्याटिङ गरे । उनले ८२ बलको सामना गर्दै अविजित बंगलादेशलाई जित दिलाए । उनीसँगै समिम हसन ४२ रनमा अविजित रहे । यी दुईले १३० रनको साझेदारी गरे ।
सुरुमै रसिद खानले तन्जिद हसनलाई एलबीडब्ल्यूको धरापमा पार्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । त्यसपछि अनिक सरकार सातुलाई कमलसिंह ऐरीले पेभेलियन पठाएर नेपाललाई दोस्रो सफलता दिलाएका थिए ।
१९ रन बनाउँदा २ विकेट गुमाएको बंगलादेशका लागि मोहमदुल हसन जोय र ताैहिद हृदोयले ७९ रनको साझेदारी गरेपछि टिम सम्हालिएको थियो । जोय ४० रन बनाउँदै हरिबहादुर चौहानबाट कट एण्ड बोल्ड भएका थिए । हृदोयले ९८ रन बनाए । उनी ६० रन बनाएर कमलसिंह ऐरीको बलमा आउट भएका थिए । नेपालका कमलसिंह ऐरीले २ तथा हरिबहदुर चौहान र रसिद खानले समान १/१ विकेट लिए ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६१ रन बनाएको थियो । नेपालका लागि पवन शर्राफ र सन्दीप जोराले अर्धशतक प्रहार गरे । शर्राफ ८१ रनमा आउट हुँदा जोरा ५६ रनमा पेभेलियन फर्किएका थिए । यसैगरी नेपालका लागि रित गौतमले ३२ तथा कुशल मल्लले २८ रनको योगदान गरे । त्यसैगरी भीम सार्कीले २१ तथा रोहित पौडेलले १४ रनको योगदान दिए ।
बंगलादेशका लागि तन्जिम हसन सकिब र शाहिन अलामले समान २/२ विकेट लिए । त्यस्तै मृत्युन्जोय चौधरी, रकिबुल हसन, मिनहजुर रहमान र टोहिड हृदोले समान १/१ विकेट हात पारे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।