एसीसी यू–१९ एसिया कप : नेपालद्वारा यूएईसामू २८६ रनको लक्ष्य

 भदौ २४, २०७६ मंगलबार १३:३४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

एसीसी अण्डर नाइन्टिन एसिया कपको अन्तिम खेलमा नेपालले यूएईलाई २८६ रनको विजय लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २८५ रन बनाएको थियो । नेपालको इनिङ्समा कप्तान रोहितकुमार पौडेलले ६७ रनको उत्कृष्ट योगदान दिए । नेपालले सुरुवातमा दुई विकेट गुमाएको थियो ।

पहिलो बलमा ओपनर रित गौतम क्याच आउट भए । चौथो ओभरमा पवन सर्राफ पनि डकआउट भए । उनले एघार बल सामना गर्दा एक रन पनि लिन सकेनन् । त्यसपछि क्रिजमा आएका आशिफ शेख र कप्तान रोहितकुमार पौडेल ७९ रनको साझेदारी गर्दै टिमको इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । आशिफले ५३ बलमा आठ चौका प्रहार गर्दै ४६ रनको योगदान दिए ।

सन्दीप जोराले ४८ रनको योगदान दिए भने कुशल मल्लले पनि २२ बलमा एक चौका र दुई छक्का प्रहार गर्दै २२ रन बनाए । आठौं विकेटका लागि कमलसिंह ऐरी र राशिद खानले ७० रनको साझेदारी गर्दै नेपालको स्कोर २७६ रनसम्म पुर्‍याएका थिए ।

कमलले २६ बलमा पाँच चौका र दुई छक्का प्रहार गर्दै ४१ रन बनाए । राशिद खानले पनि ४४ बलमा ४४ रन बनाए । उनले पाँच चौका र एक छक्का प्रहार गरेका थिए ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया