‘निम्न आय भएका नागरिकलाई सहुलियत दरमा एलपी ग्यास उपलब्ध गराइन्छ’

 भदौ २५, २०७६ बुधबार १४:३४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले एलपी ग्यास पनि छिट्टै सहुलियत दरमा उपलब्ध गराउने तयारी गरेको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले निम्न आय भएका उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर सरकारले एलपी ग्यास छिट्टै सहुलियत दरमा पनि उपलब्ध गराउने तयारी भैरहेको जानकारी गराउनु भएको हो ।

नेपाल एलपी ग्यास उद्योग संघको २४औं वार्षिक साधारण सभाको बुधबार काठमाण्डौमा उद्घाटन गर्दै उहाँले आर्थिक रुपले सम्पन्न नागरिकहरुलाई एलपी ग्यासको मूल्य बढाएर भए पनि निम्न आय भएका नागरिकलाई सहुलियत दरमा ग्यास उपलब्ध गराउन सम्बन्धित निकायसँग छलफल भैरहेको पनि स्पष्ट पार्नुभयो ।

मन्त्री यादवले नागरिकको पक्षमा काम गर्दा कानुनी जटिलता हुने थपिने गरेको उल्लेख गर्दै ती समस्या समाधान गरेर जान पनि सरकार तयार रहेको बताउनु भयो ।

मन्त्री यादवले व्यवसायीहरुसँग मिलेर सरकारले एलपी ग्यासको आपूर्ति व्यवस्थालाई सहज ढंगले अघि बढाइरहेको दाबी पनि गर्नुभयो ।

अन्तिम अपडेट: भदौ २९, २०७६

तपाईको प्रतिक्रिया