आईपीएल क्रिकेट आजदेखि : उद्घाटन खेलमा कोलकाता र रोयल च्यालेन्...
चैत ९, २०८१ शनिबार
भक्तपुर – भक्तपुरमा डेंगी रोगको प्रकोप फैलिएपछि प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेत लामखुट्टे मार्ने औषधिसहितको गन बोकेर बस्तीमा छिर्नु भएको छ ।
हनुमन्ते सफाइ अभियानले भक्तपुरमा बुधबारबाट डेंगी सार्ने लामखुट्टे मार्ने अभियान सुरु गरेको हो । अभियानअन्तर्गत अभियानका सल्लाहकार एवं संरक्षकसमेत रहनु भएका सांसद बस्नेत आफै औषधिसहितको गन बोकेर डेंगी सार्ने लामखुट्टे मार्ने अभियानमा जुट्नु भएको हो ।
सांसद बस्नेतले बुधबार मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीको बास्तुटोल र मनोहरा किनाराको सुकुम्बासी बस्तीमा लामखुट्टे मार्ने गनसहित डेंगी प्रकोप नियन्त्रणमा सक्रिय हुनु भएको हो ।
मन्त्री बस्नेतले डेंगी रोगको प्रकोप फैलिँदै गएकाले नियन्त्रणका लागि आ–आफ्नो क्षेत्रबाट सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । सरकार आफ्नो क्षेत्रबाट रोग नियन्त्रणका लागि पहल गरिरहेको र सरकारलाई साथ दिँदै सबैले डेंगी नियन्त्रणका लागि प्रयास गर्नुपर्ने बताउनुभयो ।
हनुमन्ते सफाइ अभियानको टोली सहभागी रहेको कार्यक्रममा अभियन्ता नरेश रञ्जितले जोखिम रहेको क्षेत्रमा माग भएअनुसार डेंगी नियन्त्रणको लागि लामखुट्टे मार्ने औषधिसहितको गन लिएर हनुमन्ते सफाइ अभियानको आपतकालीन टोली परिचालन हुने बताउनुभयो ।
भक्तपुरमा डेंगी रोग महामारीको रुपमा फैलिनबाट रोक्न र डेंगी नियन्त्रण गर्न अभियान सुरु गरेको बताउँदै मेसिन आवश्यक पर्ने ठाउँमा माग गर्नसमेत आग्रह गर्नुभयो ।
हनुमन्ते सफाइ अभियानका सफाइ दूत एवं चलचित्र निर्देशक मदन घिमिरेले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रणबहादुर चन्दको समन्वयमा कुफ्रि फाउण्डेसनबाट प्राप्त दुई ओटा मेसिनबाट अभियान सुरु गरेको जानकारी दिनुभयो ।
भक्तपुर जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, भक्तपुरमा अहिलेसम्म ९९ जना डेंगीका बिरामी फेला परेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।