आईपीएल क्रिकेट आजदेखि : उद्घाटन खेलमा कोलकाता र रोयल च्यालेन्...
चैत ९, २०८१ शनिबार
काठमाण्डौ – ७० वर्षभन्दा माथिका वृद्धवृद्धालाई हवाई यात्रामा ५० प्रतिशत छुट दिने विषय संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले कार्यान्वयन गरेरै छाड्ने बताउनु भएको छ । आफ्नो एक वर्ष कार्ययोजनामा समावेश गरेको यो विषयमा केही विमान कम्पनीले आपत्ति जनाएका थिए ।
तर बुधबार मन्त्रालयले ७० वर्षमाथिका नागरिकलाई जहाज भाडामा ५० प्रतिशत छुट दिने विषय कार्यान्वयनको आधारसहित सुझाव पेश गर्न ८ सदस्यीय कार्यदल गठन गरेको छ ।
पूर्व सचिव सुरेशमान श्रेष्ठ अध्यक्ष रहने कार्यदलको सदस्यमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका हवाई शाखा हेर्ने सहसचिव, अर्थ मन्त्रालयका एक जना सहसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव, नेपाल नागरिक उडड्यन प्राधिकरणका निर्देशक, वायुसेवा निगमका निर्देशक, लेखा विज्ञ सौरभ रिजाल र वायुसेवा सञ्चालक संघका प्रतिनिधि रहेका छन्
कार्यदलले ३० दिनभित्र ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने, महँगो हवाई इन्धनको भाउ घटाउने, स्वदेशी र विदेशी यात्रुबीचको हवाई भाडामा एकरुपता ल्याउने, अन्तरप्रदेश उडानको सम्भावना खोजी गर्नेलगायतका विषयमा ३० दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।