आईपीएल क्रिकेट आजदेखि : उद्घाटन खेलमा कोलकाता र रोयल च्यालेन्...
चैत ९, २०८१ शनिबार
काठमाण्डौ - सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले फिल्म हलमा राष्ट्रिय गान बजाउने भन्ने कुराका बारेमा आफूलाई कुनै जानकारी नभएको बताउनुभएको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री बास्कोटाले त्यसबारेमा अनभिज्ञता जनाउनुभयो ।
‘फिल्म हलमा राष्ट्रिय गान बजाउने कुरा मैले पनि सुनिरहेको छु’, उहाँले भन्नुभयो, ‘फिल्म क्षेत्रको मन्त्रालय यही हो तर यसबारेमा मलाई चाहिँ केही थाहा भएन ।’ यो विषयमा बेकारको हल्ला चलाएको पनि मन्त्री बास्कोटाले बताउनुभयो ।
फिल्म हलमा राष्ट्रिय गान बजाउने बारे कुनै ऐन कानुनको ड्राफ्ट नबनाएको भन्दै उहाँले यो विषयमा कसरी हल्ला चल्यो भनेर प्रश्न गर्नुभयो । साथै राष्ट्रिय गानको आफ्नै मर्यादा, स्वतन्त्रता, आत्मस्वभिमान, राष्ट्रिय गौरवको विषय भएको पनि उहाँले बताउनुभयो ।
राष्ट्रिय गानको सन्दर्भमा मुद्धा बनाउनु जरुरी नरहेको भन्दै यसका लागि छुट्टै कानुनी व्यवस्था रहेको र त्यही व्यवस्था अनुसार कहाँ बजाउने, नबजाउने भन्ने स्पष्ट व्यवस्था रहेको बताउनुभयो ।
राष्ट्रिय गान हाम्रो वीरता, एकताको प्रतिबिम्ब रहेको भन्दै उहाँले यो बजाउनै हुँदैन, उठ्नै हुँदैन भन्नु ठिक नभएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।