आत्मविश्वास बोकेर हिँड्नुस्, राप्रपा वैकल्पिक शक्ति बन्छ : कमल थापा

 भदौ २६, २०७६ बिहिबार १८:१९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले कम्युनिष्टको एजेण्डा बोक्ने कांग्रेस देशको विकल्प बन्न नसक्ने बताउनु भएको छ ।

पार्टीको काठमाण्डौ जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष थापाले पार्टी र व्यक्ति परिवर्तन होइन नीति र वाटो परिवर्तन आवश्यक भएको बताउनुभयो ।

२०६२/६३ को आन्दोलन राजा र आन्दोलनकारी शक्तिबीच सम्झौता भएर टुङ्गिएको भन्दै थापाले २०४७ को संविधानमा टेकर संविधानसभाको चुनाव हुने र त्यो संविधानसभाले संविधान निर्माण गर्ने सहमतिविपरीत संविधानसभाकोचुनाव अगावै धर्म निरपेक्षता लादिएकोप्रति आपत्ति प्रकट गर्नुभयो । सहमतिविपरीत दलहरुले देश, नागरिक र राजालाई धोका भएको थापाको भनाइ थियो ।

लथालिङ्ग अवस्थाबाट देशलाई मुक्ति दिनको निमित्त नयाँ विकल्पमा जानुपर्ने भन्दै थापाले विचार, बाटो र संगठनको दृष्टिकोणबाट राप्रपा त्यो शक्ति बन्ने दाबी गर्नुभयो । ‘आत्मविश्वास बोकेर हिँड्नुस्, सक्रियता देखाउनुस् राप्रपा वैकल्पिक शक्ति बन्छ’, थापाले भन्नुभयो ।

फरक–फरक विचारले प्रजातन्त्रलाई मजबुत बनाउने भन्दै उहाँले राप्रपा राष्ट्रवादी प्रजातान्त्रिक शक्ति भएको विचार व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया