जिल्ला अस्पताल रसुवामा डेंगीको परीक्षण सुरु: एक जनामा संक्रमण भेटियाे

 भदौ २६, २०७६ बिहिबार १८:३७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - डेंगीको प्रकोप बढ्दै गएपछि रसुवामा पनि बिहीबारदेखि डेंगीको परीक्षण सुरु भएको छ ।

जिल्ला अस्पताल रसुवाले र्‍यापिड डायग्नोष्टिक टेष्ट किट (द्रुत निदान परीक्षण संयन्त्र) ल्याएर बिहीबार सात जना बिरामीको परीक्षण गरेको हो । सात जनामध्ये एक जनामा डेंगी देखिएको अस्पतालले जनाएको छ ।

रसुवा जिल्ला अस्पतालमा परीक्षणका क्रममा डेंगी देखिएका बिरामी चितवनस्थित आफ्नो घर पुगेर आएका थिए । उनी सशस्त्र प्रहरीको जवान भएको अस्पतालले जानकारी दिएको छ । उनको नाम भने सार्वजनिक भएको छैन । 

त्यसैगरी रसुवाकाे कालिका गाउँपालिका–२, कालिकास्थानका ङङ्गप्रसाद आचार्यलाई डेंगी लागेको पुष्टि भएको छ । डेंगीको लक्षण देखिएपछि उहाँलाई बुधबार काठमाण्डाैकाे ग्राण्डी अस्पताल लगिएकामा अस्पतालले डेंगीकाे संक्रमण भएकाे पुष्टि गरेको हाे । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया