कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासकाे मत
बैशाख १३, २०८१ बिहिबार
यू–१९ एसिया कप क्रिकेटको फाइनलमा भारतले बंगलादेशलाई १०७ रनको सामान्य लक्ष्य दिएको छ ।
श्रीलंकामा जारी प्रतियोगितामा टस जितेर पहिला ब्याटिङ गरेको भारतले ३२.४ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन मात्रै बनाउन सक्यो । भारका करण लालले सर्वाधिक ३७ रन बनाउँदा कप्तान ध्रुव जुरेलले ३३ रनको योगदान गरे ।
यस्तै शास्वत रावतले १९ रन बनाउँदा अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । जसमा तीन जना ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् । बंगलादेशका मृत्युन्जय चौधरी र सहिम हसनले समान तीन तीन विकेट लिएका थिए ।
तन्जिम हसन सकिब र साहिन आलमले एक एक विकेट हात पार्दा भारतका दुई जना ब्याट्सम्यान रन आउट हुन पुगे ।