अग्निपीडितलाइ उद्योग वाणिज्य संघकाे २५ हजार रुपैयाँ सहयाेग

 कात्तिक २, २०७६ शनिबार १५:४५:४५ | हेमराज शर्मा
unn.prixa.net

दाङ - जिल्ला उद्योग वाणिज्य संघ दाङले घोराही उपमहानगरपालिका-१४, निमाहल रोडमा रहेकाे सल्यानी फेन्सी स्टोर्सका सञ्चालक बसन्ती घर्तीलाई २५ हजार प्रदान गरेको छ ।

केही दिन अगाडि अकस्मात आगलागी भएर बसन्ती घर्तीकाे फेन्सी पसलमा क्षति पुगेको थियो । उहाँको व्यवसायमा थोरै भए पनि राहत होस् भन्ने उद्देश्यले संघले पसलका सञ्चालक घर्तीलाई २५ हजार रुपैयाँ सहयोग गरेको संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिनुभयो।

संघले यस अघि पनि विभिन्न व्यवसायीहरुलाइ सहयोग गदै आएको छ । संघले सञ्चालन गरेकाे व्यावसायिक राहत कोष मार्फत सहयोग रकम हस्तान्त्रण गरिएको संघले जनाएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया