बुवाआमाको सम्झनामा विद्यालयलाई ६ लाख रुपैयाँ सहयोग

 कात्तिक ९, २०७६ शनिबार १०:३२:४७ | हेमराज शर्मा
unn.prixa.net

दाङ – आफ्नो बुवाआमाको सम्झनामा तुलसीपुर उपमहानगरपालिकाका संस्थापक मेयर शंकरप्रसाद आचार्यले वीरेन्द्रमा मावि भ्युडहर सुनपुरलाई ६ लाख रुपैयाँमा सहयोग गर्नुभएको छ ।

आचार्यले आफ्ना स्वर्गीय बुवाले तत्कालीन समयमा पश्चिम दाङमा विधालय खोल्न महत्त्वपूर्ण भुमिका खेल्नुभएको र आफ्नै परिवारको संरक्षणमा स्थापना भएको विद्यालयलार्य एक कार्यक्रमका बीच नगद  हस्तान्तरण गर्नुभएको हो ।

समाजसेवी आचार्यले बुवाआमाको सम्झनामा देव–अम्बिका स्मृति छात्रवृत्ति अक्षकोष स्थापना गरेर कक्षा १२ मा अध्ययन गर्ने विपन्न तथा जेहन्दार विद्यार्थीहरुको शिक्षामा सहयोग पुर्याउन रकम हस्तान्तरण गरेको जानकारी दिनुभयो । 

आचार्यबाट एक लाख रुपैयाँ छात्रवृत्ति र पाँच लाख रुपैयाँ विद्यालयको भौतिक संरचना निर्माणका लागि सहयोग प्राप्त भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुडामणि ढकालले जानकारी दिनुभयो । विद्यालयका प्रधानाध्यापक मदनकुमार शर्माले समाजसेवी आचार्यले स्थापना गर्नुभएको अक्षकोषबाट हरेक वर्ष ब्यवस्थापन समितिको निर्णयअनुसार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने बताउनुभयो ।

सामाजिक क्षेत्रमा विगतदेखि नै महत्त्वपूर्ण सहयोग गर्दै आउनुभएका आचार्यले शिक्षा, स्वास्थ र समाजमा अति आवश्यक पर्ने ठाउँहरुमा आफूले केही सहयोग गर्न पाउँदा जीवनमा छुट्टै आनन्द प्राप्त हुने बताउनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया