कञ्चनपुरमा गेस्ट हाउसबाट खसेर एक जनाकाे ज्यान गएपछि साेधपूछका लागि चार जना पक्राउ

 कात्तिक १४, २०७६ बिहिबार ८:८:८ | रासस
unn.prixa.net

कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिका–४, भाँसीका २२ वर्षीय अजय चौधरीको मृत्यु प्रकरणबारे प्रहरीले अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ ।

गएकाे सोमबार साँझ महेन्द्रनगर बजारको भानु चोकनजिकै रहेको पुष्पाञ्जली गेष्ट हाउसको पाँचौँ तलाबाट खसेर चौधरीको ज्यान गएको थियो ।अनुसन्धानका लागि चौधरीसँगै गेष्ट हाउसमा रहेका विनोद खत्री, रमेश भट्ट, गेष्ट हाउसका सञ्चालकसहित एक जना युवतीलाई नियन्त्रणमा लिएर सोधपुछ भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । 

मृतक चाैधरीकाे शव परीक्षणको प्रतिवेदन अझै नआएको भन्दै उहाँले थप्नुभयो, शव परीक्षणको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अगाडि बढाइनेछ ।

चौधरीेको गेष्टहाउसको छतबाट खसेर मृत्यु भएको हो वा हत्या भएको भन्नेबारे अनुसन्धानपछि जानकारी हुने उहाँले बताउनुभयो । सोमबार राति नौ बजे घरमा रहेका चौधरीलाई गेष्टहाउसबाट फोन आएपछि छिट्टै घर फर्कने भन्दै गएकाे र त्यसको दुई घण्टापछि मृत्युको खबर आएकाे चौधरीका परिवारजनले जनाएका छन् ।

अन्तिम अपडेट: कात्तिक १७, २०७६

तपाईको प्रतिक्रिया