१३औँ साग : ब्याडमिन्टनको पुरुष टिम इभेन्ट्मा नेपाललाई कास्य

 मंसिर १६, २०७६ सोमबार १५:२९:२७ | सुमन गुरुङ
unn.prixa.net

कास्की – १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत ब्याडमिन्टनको पुरुष टिम इभेन्ट्मा नेपालले कास्य पदक जितेको छ ।

पोखरा रंगशालाको कभर्डहलमा सोमबार भएको सेमिफाइनलमा नेपाल श्रीलंकासँग पराजित हुँदै कास्य पदक विजेता बनेको हो । नेपाल श्रीलंकासँग ३–१ को सेटमा पराजित भएको हो । 

नेपालका प्रिन्स दाहालले एकलमा श्रीलंकाका ससिन्धु करुणातिलकेलाई ३–१ को सेटमा हराए । रत्नजित तामाङ निशान पर करुणारत्नेसँग २–० तथा दिपेश धामी सचिन पर्मासनसँग २–१ को सेटमा पराजित भए ।

अन्तिम अपडेट: चैत ११, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया